Search This Blog

Sunday, 6 September 2020

Wishing "Birthday myself"

    मेरो जन्मदिन।।।

म जन्म लिई आए यहाँ जीवन जिउलाई।
समयसँग  जुध्दाई   छु  म केही  गर्नलाई ।

जीवन काँडा हुन्छ या फुल भरपर्छ आफूमा
भविष्य   हुन्छ   सबैको   आफ्नै    हातमा।

रहन्छ   अवसर   सधै     आफ्नै     अगाडि
असम्भव छ योभन्दा की गर्दिन म कैले गल्ती।

संघर्ष     र     धैर्यताको     क्षमता    छ म मा
छैन मलाई पश्चाताप(...)वर्ष आयु घटेकोमा।
 
                -The Blue Sky(Bikash Limbu)

Wednesday, 2 September 2020

❣️उनलाई देखे पछि ❣️

तिम्रो त्यो अदामा भइसकेको छु म फिदा।

मेरो बाकी जीवन अधुरो देख्दैछु तिमी बिना।

मृत्युलाई नि चिर्न सक्छु तिमी साथमा भइदिँदा।

मायाले बनाऊछ अमूल्य, जीवनको हर पाना।




-विकास लिम्बू (The Blue Sky)

Tuesday, 1 September 2020

स्वागतम्। स्वागतम्।। स्वागतम्।।।

हजुरहरूको माझबाट गर्दैछु  म  यो   सुरुवात।
सम्पूर्णलाई मेरो हृदयबाट गर्न चाहन्छु स्वागत।

यो  हृदयबाट  सलाम  उहीँ पूर्वज सर्जकलाई,
अब,  हुनेछ अधुरो यात्राको यहाँबाट सुरुवात।

अब रोकिन्न यी हात चाहिन्छ तपाईंहरुको साथ,
अब, यो   यात्राको   यहीँबाट   हुन्छ   सुरुवात।

दमनको भ्रमलाई चिर्नु छ अनि धेरैअघि बढ्नु छ
असत्यको पोका उछिन्दै सत्यलाई गर्नुछ स्वागत।

                      -The Blue Sky(Bikash Limbu)

Pageviews last month