Search This Blog

Friday, 28 July 2023

समय हो यो कमजोर उदाउने छु एकदिन || Nepali Gajal

समय हो यो कमजोर उदाउने छु एकदिन ।
खराब हुन्न सधै अन्धकारलाई मेट्नेछु एकदिन ।
 
वाटो होला अफ्ठ्यारो छौन पैला कमजोर,
जति दलदलमा फसेनी तरी आउने छु एकदिन । 
 
जति लडेनी छौन म कहिले आफुसंग हारेको,
नडकमकी गर्वका साथ उभिने छु एकदिन ।
 
समस्या चुनौतीको जङ्गारको सङ्घार तर्दै,
सफलतालाई काधमा राखी आउने छु एकदिन ।
 
पर्खि वस्नु मलाई आमा घरको त्यो पिडीमा,
शिर-उच्च पारी गौरवको साथ हिडाउनेछु एकदिन ।
 
 
- विकाश लिम्बू (The Blue Sky)

No comments:

Post a Comment

Thank you.

Pageviews last month