तिम्रा अर्जुनतीरधारी(नसालु ) नजरको वयान म खै कसरी गरु ।
लाजवाव तिमी, लजालु तिम्रो स्वाभावको वयान म खै कसरी गरु ।
छौ तिमी मेरो लागी स्वर्गवाट आए झै परी ,
तिम्रा गुलावी ओठका मुस्कानहरुको वयान म खै कसरी गरु ।
अव बदलियो नजर देख्छु दुनिया सव रङ्गीन ,
पल पलको धड़कनको वयान म खै कसरी गरु ।
तिमी भित्र देख्दै छु म रङ्गीन आफ्नो जीन्दगी ,
तिमी प्रतिको प्रेम भावको वयान म खै कसरी गरु ।
-The Blue Sky(Bikash Limbu)
No comments:
Post a Comment
Thank you.